कोरोना संक्रमणबाट ललितपुरमा थप दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । ललितपुरका एक ८० वर्षीय पुरुष र ७४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

भदौ ६ गते मेघा अस्पतालमा उपचारका लागि भर्ना भएका ८० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हाे । त्यस्तै ७४ वर्षीय पुरुषको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म पुष्टि गरेकाे विवरणअनुसार नेपालमा हालसम्म काेराेना संक्रमणबाट ४२९ जनाकाे मृत्यु भएकाे छ भने संक्रमित संख्या ६६ हजार ६३२ पुगेकाे छ ।

प्रतिक्रिया