चिनियाँ दूतावास अगाडि निस्क्यो ‘ब्याक अफ चाइना’ लेखिएको पम्पलेट

काठमाडौं । सीमा अतिक्रमणको सन्दर्भलाई लिएर चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ ।

बालुवाटारस्थित दूतावास अगाडि प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरेका थिए ।

युवाहरुले ‘ब्याक अफ चाइना’ लेखिएका पम्पलेटसमेत प्रदर्शनका क्रममा देखाएका थिए । हुम्लाको नाम्खा गाउँपालिका ६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमि मिचेर चीनले भवन बनाएको स्थानीयले बताएका छन् ।

तर चीनले उक्त भवन चिनियाँ भूमिमै बनाएको दावी गरेको छ ।

प्रतिक्रिया