विश्वमा संक्रमितको संख्या ३ करोड १७ लाख नाघ्यो, अमेरिकामा मात्रै २ लाख बढीले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड १७ लाख नाघेको छ भने ९ लाख ७५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड १७ लाख ७१ हजार ४११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख ७५ हजार ३१० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड ३३ लाख ८६ हजार ७१४ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ५ हजार ४७१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७० लाख ९७ हजार ९३७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ६९६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९७९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार २१ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ३९१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५६ लाख ४० हजार ४९६ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४५ लाख ९५ हजार ३३५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८०९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३८ हजार १५९ पुगेको छ ।नेपाल

मा मंगलबार देशभर गरी १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६६,६०० नाघेको छ । कुल संक्रमितमध्ये अहिलेसम्म नेपालमा ४८,०६१ जना निको भइसकेका छन् भने ४२९ सङ्क्रमितको मृत्यु भएको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया