आईपीएल : राजस्थानले चेन्नईलाई हरायो

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । गएराती भएको खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गर्दै राजस्थानले सुखद सुरुवात गरेको हो ।

राजस्थानले दिएको २१७ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै २०० रन मात्र बनाएपछि खेल १६ रनले हारेको हो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै २१६ रन बनाएको थियो ।

यस खेलमा ७४ रन बनाएका राजस्थानका सन्जु सामसन खेलको प्लेयर अफ द म्याच बने । आइपीएल अन्तर्गत आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्स खेल्नेछन् ।

प्रतिक्रिया