बोक्सीको आरोपमा महिलामाथि कुटपिट भन्ने समाचारमा अखिल नेपाल महिला संघको चासो

धरान । सिराहामा बोक्सीको आरोपमा एक महिलामाथि भएको कुटपटिको बिषयलाई लिएर गएको असोज २ गते मकालु खबरले सामाचार प्रकाशन गरेपछि अखिल नेपाल महिला संघले घटनाप्रति चासो देखाएको छ ।

अखिल नेपाल महिला संघका केन्द्रीय पदाधिकारीहरुले गम्भीरताका साथ चासो लिएपछि आज मंगलबार सुनसरी तथा सिराहा जिल्लाका समेत जिल्ला नेतृहरुले धरानका उपमेयर मन्जु भण्डारीसँग सो बिषयमा जानकारी लिएका हुन । घटनाको सत्यतथ्य बुझनुका साथै पिडित महिलालाई न्यायमा सहयोग पुर्याउने उदेश्यले चासो राखिएको बताएका छन् ।

धरानकी उपमेयर तथा संघकी सुनसरी जिल्ला सदस्य मन्जु भण्डारीले अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य अमृता सुब्बा, क्षेत्रीय सदस्य मैया तामाङ, अखिल नेपाल महिला संघ धरान १५ की वडा अध्यक्ष सिर्जना नेपाल सुबेदी, इटहरी क्षेत्रीय सदस्यहरु, इटहरी नगर सदस्य सहितको टोलीसँगै बिरामी उपचारर अस्पतालको बेडमा नै पुगेर फलफुल, जुस लगायतका सामग्री समेत वितरण गरेका थिए ।

हेर्नुहाेस

बोक्सीको आरोपमा महिलामाथि कुटपिट, पहुँचकाे धक्कु लगाउँदै अर्काे मुद्दामा फसाउने धम्की !

धरानकी उपमेयर भण्डारीले गएको भदौ २८ गते सिराहाको सिमावर्ती कुर्सन्डी गाउँपालिका वडा नं ५ नवराजपुर निवासी ४५ वर्षीया मूर्तिदेवी यादवमाथि मरणासन्न हुनेगरी कुटपिट भएको र घटना के कति कारणले भएको हो, दाषी को हुन भन्ने बारेमा नवराजपुर गाउँपालिकाका प्रमुखसँग सोधखोज गरेको बताउँदै महिलामाथि बोक्सीको आरोपमा हिंसा हुनु दुखद भएको
‘अहिलेको समयमा पनि बोक्सी भन्दै महिलामाथि हिंसा हुनु, मलमुत्र खुवाउनु आफैंमा जघन्य अपराध भएकोले अपराध गर्ने जो कोहीलाई कडा कार्वाही हुनुपर्छ ।’ उपमेयर भण्डारीले भनिन् ।

उनले घटनाको सत्यतथ्य पत्ता लगाउन अखिल नेपाल महिला संघ तथा मातहतका निकायले छानविन अगाडी बढाउन माग गर्नुपर्ने तथा स्थानीय प्रहरी प्रशासनले पनि सहयोग गर्नुपर्ने जनाइन् । धरानकी उपमेयर भण्डारी सहित अखिल नेपाल महिला संघकी पदाधिकारीहरुले सो घटनाको बिषयमा पीडित मुर्तिदेवी तथा तीनका परिबारका सदस्यहरुसँग कुराकानी गरेकी छन ।

सो क्रममा पिडित यादवले गाउकै धर्मनाथ यादव, उनका छोरा सन्तोष यादव, देवनाथ यादव र उनका छोरा पशुपति यादव, महेश यादव र ब्रह्म यादव लगायतले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको बताएकी छन् । ‘बोक्सी भन्दै मरणासन्न हुनेगरी कुटपिट गरेर घर छेउको धान खेतमा फालिदिए ।’ उनले आफुलाई मलमुत्र समेत खुवाएको बताएकी छन ।

धरानका उपमेयर मञ्जु भण्डारीसँगै अनेमसंघका नेतृहरू वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पिडित महिलाकाे स्वास्थ्यवस्था बुझ्दै । तस्विरः मकालु खबर ।

यसअघि पिडित मुर्तिदेवीका छोरा गणेश प्रसाद यादवले मकालु खबरसँग आमालाई बोक्सीको आरोप लगाउँदै सबै मिलेर कुटपिट गरेको तथा प्रहरीले समेत केही नगरेको बताएका थिए ।

कुटपिटबाट घाइते भएकी मुर्तिदेवीको चिउँडो र गालाको हड्डी भाँचिएर अवस्था गम्भीर भएपछि घटना भएकै दिन परिवारका सदस्यले उपचारका लागि लहानकै कामना नर्सिङ होममा पुर्याएका थिए । त्यहाँ उनको उपचार सम्भव नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको छ ।

उनको भाँचिएको चिउडो तथा गालाको हड्डीको शुक्रबार अपरेशन हुने छोरा गाणेश प्रसाद यादवले बताए । नेपालमा बोक्सीको आरोपमा कुटपिट गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना तथा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया