पार्टी अध्यक्षद्वय र महासचिबहरुलाई १० दिनभित्र एकीकरणका ठोस प्रस्ताव ल्याउन निर्देशन

काठमाडौं । नेकपाको आज बसेको सचिबालय बैठकले पार्टी एकता र एकीकरणका बाँकी कामहरूको बारेमा अध्यक्षद्वय र महासचिवहरूलाई १० दिनभित्र ठोस प्रस्ताव तयार गर्न जिम्मा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिबहरुलाई पार्टी एकताका बाँकी रहेका कामहरुको बारेमा ठोस प्रस्ताव तयार पार्न १० दिनको समय दिने निणर्य गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

विभिन्न संबैधानिक निकायहरुको पदपुर्तिका बारेमा संबैधानिक परिषद्ले तत्कालै बैठक गरेर त्यस सम्बन्धी आवश्यक निर्णय लिनुपर्ने आवश्यक सन्दर्भमा प्रधानमन्त्रीलाई आवश्यक पहल गरेर बैठक बसी निर्णय गर्न निर्देशन दिएको छ ।

भने, पार्टी एकताका सांगठनिक कामहरुलाई पुरा गर्न पार्टी अध्यक्ष र महासचिवहरुले १० दिनभित्र ठोस प्रस्ताव तयार गरी पार्टी सचिवालयको बैठकमा प्रस्तुत गर्ने र त्यसका आधारमा पार्टीले छलफल गरेर टुंगो लगाउने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा विविध कार्यसुची अन्र्तगत अन्य विषयहरु दुई तीन दिन नै सचिबालय बैठक बस्ने निर्णय पनि गरेको छ ।

बैठकले पार्टी भित्रको एकता, समझदारी र विस्वासलाई सुढृढ गर्ने, पार्टी र सरकारको सम्बन्धलाई थप मजवुत बनाउने र सरकारलाई सफल बनाउने निष्कर्ष निकालेको छ । मन्त्रिपरिषद् पुर्नगठनका विषयमा भने आजको बैठकमा कुनै छलफल भएको छैन ।

संबैधानिक नियुक्तिहरुमा संबैधानिक परिषद्कै प्रावधानहरु अगाडी बढ्ने भनिएको छ । विगतका नियुक्तिहरु विवादयुक्त भएकोले यसपटक संबैधानिक नियुक्तिहरु संविधानको भावना अनुरुप हुने प्रवक्ता श्रेष्ठले भने ।

केही दिन अघि पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरीएको विषयमा सर्वोच्च अदालतमा रिट परेको प्रति सर्वोच्चले सरकारलाई औपचारीक जानकारी नदिएकोले औपचारिक जानकारी आएपछि सरकार प्रतिरक्षा गर्ने भनिएको छ ।

प्रतिक्रिया