डलर साट्ने भन्दै ९ लाख ८० हजार ठगेर फरार

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-८ बोडेबाट रोल्पा घर भई ललितपुर महालक्ष्मी नगरपालिका-७ चाँगाथली बस्ने ५० वर्षीय पुरुषको नगद ९ लाख ८० हजार रुपैयाँ सोमबार दिउँसो ठगी भएको छ ।

ती पुरुषलाई हाल नाम, थर, वतन नखुलेका अपरिचित ब्यक्तिले मोबाइलबाट फोन गरी डलर साट्न भनि बोलाई रुमालभित्र कागजको गड्डी (बण्डल) बनाई उनीसँग रहेको उक्त रकम ठगी गरी फरार भएको बताइएको छ ।

यस्तै काठमाडौं महानगरपालिका-२६ सिताकुमारी मार्ग डेरा गरी बस्ने मकवानपुर क्षतिवन गाउँपालिका-२ घर भएकी २९ वर्षीया सरस्वती गौतमको कोठाबाट सोमबार दिउँसो कोही नभएको अवस्थामा नगद २० हजार रुपैयाँ र करिब २ तोलाको सुनको मंगलसुत्र समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फरार दुवैकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया