अक्टोबर १ देखि दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने (तालिकासहित)

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट पनि नियमित उडान सञ्चालन गर्ने भएकाे छ ।

१ अक्टोबर देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएसँगै तालिका समेत सार्वजनिक गरिएकाे छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने छ । ती मुलुकबाट हुने अन्तर्राष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको हाे ।

उडान तालिकाअनुसार २५ दिनका लागि सातामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ ।

हेर्नुहाेस् तालिका :

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977028866″ /]

 

प्रतिक्रिया