आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडाैं । ‘हिम चितुवा’ उपनामले परिचित कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाकाे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुने भएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

अन्त्येष्टिका क्रममा भएका सम्पूर्ण खर्च पनि सरकारले व्यहाेर्ने जानकारी दिइएकाे छ ।

सबैभन्दा पहिले १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाको ७२ वर्षको उमेरमा सामेबार बिहान १० बजे निधन भएको थियो । शेर्पा लिबर र ब्रेन सम्बन्धी समस्याबाट ग्रसित थिए ।

शेर्पाले १० पटक विना अक्सिजन सगरमाथा आरोहण गरेर कीर्तिमान राखेका थिए ।

प्रतिक्रिया