जबरजस्ती करणीसहित विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ

ईलाम । विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

१२ वर्ष अगाडि सामुहिक जबरजस्ती करणी गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अदालतबाट दोषी प्रमाणित भई हालसम्म फरार उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा २०६४ सालमा झापा साधुहोली जंगलमा सामुहिक रुपमा जबरजस्ती करणी गरी फरार रहेका इलाम चुलाचुली गाँउपालिका-३ बस्ने ३० वर्षीय मिलन राई भन्ने अनिश राई र सोही स्थान बस्ने ३१ वर्षीय जित कुमार राई भन्ने निश्चल राई रहेका छन् । उनीहरुलाई २०६७ साल फागुन ११ गते अदालतबाट ११ वर्ष १ महिना १५ दिन कैद र जनही २१ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । दुबैलाई जिल्ला अदालत ईलाममा पेश गरेकोमा कैद भुक्तानको लागि कारागार कार्यालय ईलाममा पठाइएको छ ।

यसैगरी फैसला कार्यान्वय अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई ठगी मुद्दा, कर्तब्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दाका फरार ३ जना प्रतिवादीहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ठगी मुद्दामा २ वर्ष कैद र २० हजार रुपैयाँ ठहर भई फरार प्रतिवादी इलाम सूर्योदय नगरपालिका-२ बस्ने ३२ वर्षीय सन्तोष बस्नेत, हातहतियार खरखजना मुद्दामा ३ महिना कैद र ५ हजार रुपैयाँ जरीवना ठहर भई फरार रहेका ईलाम सूर्योदय नगरपालिका-५ बस्ने ४४ वर्षीय मोटे देवान भन्ने हर्कबहादुर लिम्बु र कर्तव्य ज्यान मुद्दामा ५ महिना ६ दिन कैद र २० रुपैयाँ जरिवाना भई फरार रहेका ईलाम माईजोगमाई गाउँपालिका-२ बस्ने बिष्णु कुमार राई रहेका छन् ।

फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय ईलाम तथा मातहत प्रहरी कार्यालयबाट खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रतिक्रिया