व्यवसायीहरू हारगुहार गरिरहेछन्, सरकार किन कानमा तेल हालेर बसेको हो ?

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले लामाे समयदेखि चीनबाट आयात गर्न लागिएका सामान सीमामै राेकिँदा पनि भित्र्याउन कुनै पहल नगरेकाे भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले  सामान सीमामा राेकिँदा चाडबाडकाे मुखमा व्यवसायीहरूलाई नाेक्सान भइरहेकाे र यत्रतत्र हारगुहार गर्दा पनि सरकार किन कानमा तेल हालेर बसेकाे हाे ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ,’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘ व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् ! सरकार किन कानमा तेल हालेर बसेको हो ?’

प्रतिक्रिया