अनुरागविरुद्ध यौन शोषणको उजुरी दर्ता भएन, पायलले राेजिन् अर्काे विकल्प

काठमाडाैं । बलिउड निर्देशक अनुराग कश्यपविरुद्ध याैन शाेषणकाे उजुरी दर्ता नभएपछि कलाकार पायल घाेषले राष्ट्रिय महिला आयोगसम्म पुग्ने भएकी छिन् ।

घाेषलले आइतबार राती अबेरसम्म ओशिवारा थानामा उजुरी दर्ताको प्रयास गरेकी थिइन् तर प्रहरीले उजुरी लिन नमानेपछि पायल राष्ट्रिय महिला आयोगसम्म धाउने भएकी हुन् ।

आयोगकी अध्यक्षले यसअघि नै पायललाई उजुरी दिन भनिसकेकी छिन् ।

पायलका वकिल नितिन सतपूतेले थानामा कोही महिला अधिकारी नभएको र घटना वर्सोवा पुलिस स्टेशनको अधिकार क्षेत्रमा भएको भन्ने कुराहरु गरेर उजुरी दर्ता नभएको बताए ।

यद्यपि अनुरागले भने उक्त आरोपकाे खण्डन गर्दै आइरहेका छन् । ‘ममाथि लगाइएका यी सबै आरोपहरु आधारहिन छन्’ , अनुरागले भनेका छन् । उनकाे पक्षमा केही अभिनेत्रीहरु समेत उभिएका छन् ।

प्रतिक्रिया