आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरको विजयी शुरुवात

काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबई गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो ।

बैंगलोरले दिएको १५४ रनको लक्ष्य पछाएको हैदरावाद १९।४ ओभरमा १५३ रन बनाएर अलआउट भएपछि बैंगलोर १० रनले विजयी भएको हो । हैदरावादका लागि जोनी बैरस्ट्रवले सर्बाधिक ६१ रन बनाए भने मनिष पाण्डेले ३४ र प्रियं गर्गले १२ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाउदै १६३ रन बनाएको थियो । बैंगलोरका लागि आफ्नो डेभ्यु खेलमा देभदत्त पडीक्कलले ४२ बलमा ५६ रन बनाएका थिए ।

आइपिएल अन्तर्गत आज राजस्थान रोयल्स र चेन्नई सुपरकिंग्सबीच खेल हुदै छ । खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि शुरु हुनेछ ।

प्रतिक्रिया