आज असोज ६ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज ०६ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–षष्ठी,५३ घडी ०४ पला,रातको ०३ बजेर ०६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–अनुराधा,४९ घडी १६ पला,रातको ०१ बजेर ३५ मिनेट उप्रान्त ज्येष्ठा । योग–विष्कुम्भ,१४ घडी १३ पला,बिहान ११ बजेर ३४ मिनेट उप्रान्त प्रिती । करण–कौलव,बेलुकी ०४ बजेर ०८ मिनेट उप्रान्त तैतिल,रातको ०३ बजेर ०६ मिनेट उप्रान्त गर । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान ३० घडी १५ पला । सामाजिक सेवा दिवस ।

आजको बार बेला ।
बिहान ५ बजेर ५२ मिनेटसम्म रोग बेला ।
बिहान ५ बजेर ५३ मिनेटदेखी बिहान ७ बजेर २३ मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर २४ मिनेटदेखी बिहान ८ बजेर ५४ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ५५ मिनेटदेखी बिहान १० बजेर २५ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २६ मिनेटदेखी बिहान ११ बजेर ५५ मिनेटसम्म अमृत बेला ।
बिहान ११ बजेर ५६ मिनेटदेखी दिउसो १ बजेर २६ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर २७ मिनेटदेखी दिउसो २ बजेर ५७ मिनेटसम्म शुभ बेला ।
दिउसो २ बजेर ५८ मिनेटदेखी बेलुकी ४ बजेर २८ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर २९ मिनेटदेखी बेलुकी ७ बजेर २८ मिनेटसम्म काल बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो २ बजेर ५६ मिनेटदेखी बेलुकी ०४ बजेर २७ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्ययम रहेकोले राम्रो बोल्दा बोल्दै बोलीको विपरीत अर्थ लगाई आलोचना गर्नेहरु शक्रिय हुनेछन् । शरीर भारि र मन अस्थिर हुन सक्छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । परिवारका सदस्य वा नजिकैको साथीसँग घरायसि कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) फाईदाको स्रोत पहिचान गरि व्यापारमा लगानी गर्दा पछिसम्म आम्दानी भईरहनेछ । काम गर्नको लागी औजार तथा प्रविधि सहजै जुटाउन सकिनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी गर्नेहरुका लागी आजको दिन शुभ रहनेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवन आनन्दमय रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । मनोरञ्जनात्मक पुस्तक अध्ययन गर्न पाईने हुनाले दिन उल्लासमय रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त,मावली र मित्रवर्गको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । बन्दव्यापार र साझेदारी व्यावसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आँटले गर्नाले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । आफन्तबाट सुखद समाचार सुन्न पाईने हुनाले दिन उत्साहपूर्वक बित्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । अन्य व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ लिन सकिनेछ । सन्तान वा अनुयायीको साथले राम्रा तथा फाईदा मुलक काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रत्येक काममा बाधाअडचन आउने तथा ढिलो गरी कार्यसम्पादन हुनेछ । आफूले भनेको कुरालाई विपरीत अर्थ लगाई आलोचना गर्न सक्छन् । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छन् ध्यान दिनुहोला । सामाजिक र परोपकारको क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ । राम्रै आम्दानि हुने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउन सकिनेछ । आट तथा साहस बढेर जानेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मान प्रशन्न हुनेछ । अध्ययनमा प्रगति भएर जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय रहेकोछ । सामाजिक सर्कलमा राम्रा काम गरि साख बढाउन सकिनेछ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ भने आर्थिक दृष्टिले समय फलदायि रहेकोछ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउदै काम गर्नु होला । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । प्रेम जीवन र दाम्पत्य सम्बन्ध झन् प्रगाढ बन्दै जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्ययस्थानमा गोचर गर्ने चन्द्रमाले लगानीबाट मध्ययम आम्दानी हुनेछ । चुनौतीका बाबजुद काम गर्नुपर्ने हुन सक्छ । छर–छिमेक तथा आफन्तसँग असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा आजको दिन सहभागि नहुँनु नै राम्रो रहनेछ । तरपनि वैदेशिक क्षेत्रबाट लाभ लिने सकिनेछ । समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने कलकारखाना र बन्दव्यापारबाट फाईदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक भई आफ्नो प्रश्तुति दिन सकिनेछ । नोकरी तथा राजनीतिमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । लाभदायक यात्राको प्रशस्त सम्भावन रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेकोछ । प्रतिस्पर्धी तथा काममा अवरोध गर्नेहरु परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काम थालनि गरि राम्रो फाइदा उठाउन सकिने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्यात्म र दर्शनप्रति मन आकर्षित हुनेछ । प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजन र अग्रजको आशीर्वाद प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक,सांस्कृतिक गतिविधिमा सामेल हुने अवसर जुर्नेछ । सामाजिक क्षेत्रमा सक्रियता बढाई राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया