‘गुल्मीका कांग्रेस नेताहरुलाई आक्रमण गर्ने प्रहरीलाई कारवाही गरियोस्’ डा. शेखर

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीका सभापति भुवन श्रेष्ठमाथि प्रहरीले ज्यादती आक्रमण गरेको प्रति नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले घोर आपत्ति जनाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा १४ औं महाधिवशेनका सभापतिका मुख्य प्रत्यासी डा. कोइरालाले सोमबार स्थानीय मुद्दामा केन्द्रित रहेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन जान लागेका सभापति श्रेष्ठसहितको टोलीलाई प्रहरीले गरेको ज्यादती र आक्रमण विरुद्ध आपत्ति जनाउँदै दोषि माथि कडा कारवाहीको माग समेत गरेका छन् ।

‘विना कसुर आफ्ना कार्यकर्ता पिट्ने नेकपाका कार्यकर्ता पक्राउ गरी कानुनी कारवाही गर्न पटकपटक माग गर्दा प्रशासनले अटेर गरेपछि शान्तिपूर्ण प्रदर्शनमा उत्रेका नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ लगायत साथीहरुमाथि भएको प्रहरी ज्यादती र आक्रमणको घोर भत्सर्ना गर्दछु ।’ डा. कोइरालाले भनेका छन् ।

https://www.facebook.com/permalink.php?story_fbid=1850569161769069&id=100004480098892

उनले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारसँग दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

यस अघि नै गुल्मी घटनाको यथार्थ छानबिन गरेर घटनाका दोषीलाई कारबाही गर्न नेपाली कांग्रेसले माग गरिसकेको छ । प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई कांग्रेसले कडा चेतावनीसमेत दिएको छ ।

घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायतका नेताहरू घाइते भएको कांग्रेसको दावि छ ।

कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको र्यालीपछि ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्वहरुलाई जिल्ला प्रशासन कार्यालयमा प्रवेश गर्नु पूर्व नै रोकिएको थियो । सो क्रममा प्रहरीले बल प्रयोग गरेको कांग्रेसको भनाई छ ।

प्रतिक्रिया