मोटरसाइकल अनियन्त्रित भएर पल्टँदा एकको मृत्यु, अर्का एक जना घाइते

चितवन । चितवनको पाँचकिलोमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एकजनाको मृत्यु भएको छ ।

नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत ईच्छाकामना गाँउपालिका वडा नम्बर ६ पाँचकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ५ प ५०६४ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडी सवार एक पुरुषको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी सवार गोर्खा शहिदलखन गाँउपालिका ५ बस्ने ४५ वर्षिय सुन बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटना परि गम्भीर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा परि मोटरसाइकल चालक सोही स्थानका १८ बर्षिय करण आले मगर गम्भीर घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया