बामदेव गौतमविरुद्ध सर्वोच्चमा रिट, असोज ७ गते सुनुवाइ हुँदै

काठमाडौं । बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले भर्खरै राष्ट्रिय सभामा मनोनित भएका गौतमविरुद्ध सोमबार (आज) रिट दर्ता गराएका हुन् ।

“मैले रिट दायर गराएको छु । बामदेवलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेको सिफारिस बदर गरी निजलाई मन्त्री नबनाउनु तथा सांसदको रूपमा कार्य नगराउनु भनी मैले रिट दर्ता गरेको छु ।” उनले मकालु खबरले राखेको जिज्ञासामा भने, ‘यसको सुनुवाइ ७ असोजमा हुने भएको छ ।’

नेकपाका उपाध्यक्षसमेत रहेका गौतम केही दिनअगाडि राष्ट्रिय सभामा मनोनित भएका थिए भने पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी माग गरेका गौतमलाई मन्त्री बनाउन नहुने कुरा संविधानविद्सँगै जानकारहरुले बताउँदै आएका छन् ।

उनले पछिल्लो निर्वाचनमा बर्दियाबाट चुनाव हारेका थिए ।

प्रतिक्रिया