सरकारलाई विकास समितिको निर्देशन- ‘कार्तिक ७ गतेसम्ममा क्लिनफीड लागू गर्नु’

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आगामी ७ कार्तिकसम्ममा क्लिनफीड लागू गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले ७ कार्तिकसम्ममा विज्ञापन बोर्ड गठन गरी क्लिनफीड लागू गर्नु भनेको छ ।

राष्ट्रपतिबाट प्रमाणित भई कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन, २०७६ आगामी ७ कार्तिकभित्र बोर्ड गठन गरी क्लिनफीड लागू गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

संसदको विकास तथा प्रविधि समितिले २०७७ ७ कार्तिकभित्र बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिङ्क अनुमति लिएर नेपालमा प्रशारणमा रहेका टिभी च्यानलहरुलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

विज्ञापनरहित हुन नसक्ने च्यानलहरुको प्रशारण रोक्न मन्त्रालयले बनाएका कार्ययोजना १५ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।

प्रतिक्रिया