पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु

•सुजाता लिम्बू

विराटनगर । पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, उनकी २ छोरीहरु १३ वर्षीया पबित्रा अधिकारी र ९ वर्षीया कृतिका अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रवक्ता राईका अुनसारराईको अनुसार आइतबार पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्किएपछि खोजी गर्दा पोखरीभित्र आमासहित २ जना छोरीको शव फेला परेको हो ।

उक्त माछा पोखरी घरदेखि डेढ किलोमिटरको दूरीमा रहेको र सो स्थानमा मान्छेको वस्ती पनि नरहेकाले घटना कुन समय भयो थाहा नभएको मृतक सीता अधिकारीका भाइ रुद्र कटुवालले बताए ।

रुद्रका अनुसार ठूलो भान्जीले भित्री व्रस्त लगाएर र सानी भान्जीले लुगा खोलेर बाल्टिनमा राखिएको अवस्था थियो । उनले भने, ‘आइतबार दिउँसो अत्याधिक गर्मी पनि थियो, गर्मी भएर उनीहरु पौडिन पोखरीमा पसेका थिए होलान् ।’

उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया