‘कुशासन, भ्रष्टाचार र राष्ट्रघातका कारण राज्यको असफलता पुष्टि भयो’

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत संकटले राज्यको असफलता पुष्टि गरेको बताएको छ ।

आइतबार (हिजो) विज्ञप्ति जारी गरेको विप्लवले असफलता र संकटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्य व्यवस्थाको परिवर्तन नै मुख्य भएको दावीसमेत गरेको छ ।

‘अहिलेको पूँजीवादी व्यवस्था परिवर्तन गर्न अग्रगामी, प्रगतिशिल, जनवादी देशभक्त र लोकतान्त्तिक शक्तिहरु एकजुट हुनुपर्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध गरिएपछि विप्लवका सयौं कार्यकर्ताहरु पक्राउ परेका छन् ।

प्रतिक्रिया