ऊर्जा मन्त्रालयले भन्यो–‘पूर्वजानकारी विना विद्युत नियमित नभए खबर गर्नु’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पूर्वजानकारीविना विद्युत सेवा नियमित नभए तत्काल खबर गर्न आग्रह गरेको छ ।

पूर्वजानकारी विना विद्युत सेवा नियमित नभए ऊर्जामन्त्री वर्षमान पुनको सचिवालय या विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले अनुरोध गरेका छन् ।

उनले त्यसका लागि मन्त्रीको सचिवालयको हटलाइन नम्बर ११५१ या ९८५११०९८३५ नम्बरमा सम्पर्क गर्नसमेत संयोजक भट्टले भनेका छन् ।



 

 

 

 

प्रतिक्रिया