नेकपा सचिवालय बैठक भोलिसम्मको लागि सर्‍यो

काठमाडौं । सोमबार (आज) बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलिसम्मको लागि सरेको छ ।

आज बस्ने गरी आइतबार (हिजो) जनसंगठनको कार्यालय पेरिसडाँडामा सकिएको बैठक पुनः भोलिसम्मको लागि सरेको हो ।

सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक मंगलबार १२:३० बजे बस्ने छ ।

यसअघि पेरिडाँडामा बस्ने भनिएको बैठक भोलि भने प्रधानमन्त्री सरकारी निवास बालुवाटारमै बस्नेछ ।

प्रतिक्रिया