नेकपा सचिवालय बैठक आज पनि, मन्त्रिमण्डल पुनर्गठनको मापदण्डबारे छलफल हुने

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने गरी बोलाईएको छ ।

यसअघि हिजो पेरिसडाँडा बैठकमा मन्त्रिपरिषद् पुनर्गठनले प्रवेश पाएको थियो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे प्रधानमन्त्री केपी शर्मा ओलीसहितका सचिवालयका नेताहरूबाट चार प्रस्ताव आएका थिए । आजको बैठकले ती विकल्पमाथि छलफल गर्दै पुनर्गठनको मापदण्ड बनाउने बुझिएको छ ।

पेरिसडाँडामा बैठकमा पहिलो विकल्प प्रधानमन्त्रीबाहेक सबै मन्त्रीलाई राजीनामा गर्न लगाउने र सबै नयाँ राख्ने भन्ने छ । दोस्रो, सबैलाई राजीनामा गराउने अनि राम्रो काम गरेका केहीलाई पुनर्गठनमा दोहोर्‍याएर बाँकी नयाँ ल्याउने, तेस्रो दुई वर्ष मन्त्री भइसकेकाहरूलाई हटाएर नयाँलाई राख्ने र चौथो कार्यसम्पादनका आधारमा मन्त्रीहरू हेरफेर गर्नेगरी ४ विकल्प प्रस्तुत गरिएको छ ।

यसैगरी संवैधानिक आयोगका पदाधिकारी चयनबारे पनि टुंगो लगाउने नेकपाले जनाएको छ । अख्तियारलगायत महत्त्वपूर्ण निकायमा ४२ पद रिक्त रहेका छन् ।

प्रतिक्रिया