आईंपीएल : रोमाञ्चक सुपर ओभरमा दिल्लीको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा दिल्लीले किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरको खेलमा हराएको हो ।

सुपर ओभरमा पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शून्य रनमा आउट भए । दिल्लीका कागिसो राबा‍डाले दुवै जनालाई आउट गरेका हुन् । दिल्लीले तीन बलमा लक्ष्य भेट्टायो । दिल्लीका ऋषभ पन्तले विजयी रन बनाए ।

यसअघि दिल्लीले दिएको १५८ रनको लक्ष्य पछाएको पञ्जाबले निधारित २० ओभरमा पञ्जाबले पनि ८ विकेट गुमाउदै १५७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो । पञ्जाबका लागि मयंक अग्रवालले ८९ बनाएका थिए । मयंकले ६० बलमा ८९ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै १५७ रन बनाएको हो । आइपिएल अन्तर्गत आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुदै छ । खेल साँझ ७ः४५ बजे हुँदैछ ।

प्रतिक्रिया