डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौं । जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । १९ औँ अनशन जुम्लामा बसिरहेका केसीको समर्थनमा आइतबार माइतीघरमा ‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ले प्रर्शन गरेको हो ।

प्रदर्शनमा ‘गोविन्द केसीको माग पूरा गर, गोविन्द केसीको जीवन रक्षा गर’ लगायतका नारा लगाइएका छन् ।

डाक्टर केसी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा अनसन बसेका छन् । स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई शनिबार राति प्रहरीले बलपूर्वक अस्पताल पुर्‍याएको छ ।

डाक्टर केसी कोरोना भाइरस (कोभिड–१९) का संक्रमित पहिचानका लागि पीसीआर परीक्षण व्यापक बनाउनु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर्नुपर्ने, निःशुल्क, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चितता हुनु पर्नेलगायतका माग राखी अनसन बसेका छन् ।

 

प्रतिक्रिया