के तपाईँले फेसबुक चलाउँदा यस्तो गल्ती त गरिरहनु भएको छैन ?

काठमाडौँ । प्रविधिको तीव्र तर विकासका क्रममा मोबाइल नभएको र सामाजिक सञ्जालबाट टाढा रहेका विरलै होलान् । बच्चादेखि वृद्धसम्म सबैले सामाजिक सञ्जातसँग निकै नजिकको साइनो गाँसिसकेका छन् । तर यो कुरा बिर्सिरहेका छन् की आफन्त, साथीभाइ, इष्टमित्र छरछिमेक सबै नजिकका प्रियजनहरूसँगको सम्बन्धबाट टाढा भइरहेका छौँ ।

सामाजिक सञ्जालबाट टाढा भएर बस्ने निकै कसरत गरेर पनि सम्भव छैन । जुन सबैको लत जस्तै भइसेको छ । झन् फेसबुक चलाएरै दिन बिताउने अभ्यासमा लिप्छ छ युवा जमात । यसका साथसाथै फेसबुकले निम्त्याइरहेको अर्को दुर्घटनाबाट हामी जानकार पनि छैनौँ । फेसबुकमा स्टाटस लेख्दा होस् वा म्यासेन्जरमा म्यासेज गर्दा होस् के लेख्दै छौँ र के पठाउँदै छौँ भन्ने नि धेरैलाई थाहा हुँदैन जुन आफ्नै लागि घातकसावित पनि बन्न सक्छ ।

तर हामीले फेसबुकमा एक अर्कासँग कुरा कानी गर्दा होस् वा कसैकोमा कमेन्ट गर्दा होस् अपशब्द प्रयोग होलान् र जानी नजानी कुनै गल्ती हुन सक्छन् । यस्तो गल्तीले आफैलाई नै नै हानी पुर्‍याउँछ । त्यस्तै हामीले फेसबुक अथवा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत विवरण कति सम्म राख्न मिल्छ भन्ने बारेमा पनि जानकार छैनौँ होला । त्यसैले फेसबुक प्रयोगकर्ताहरुले यस्तो गल्तीहरू कहिल्यै नदोहोर्‍याउनुहोस् । जसले आफू सुरक्षित रहन सहयोग पुर्‍याउँछ ।

फेसबुकमा गर्नु हुँदैन यी गल्ती
व्यक्तिगत सूचना शेयर नगर्नुहोस् :
यदि फेसबुकमा व्यक्तिगत सूचनाहरू पोस्ट गर्दै हुनुहुन्छ भने सचेत रहनुहोस् । आफ्नो गोप्य सूचनाहरू पोस्ट नगर्नुहोस् त्यसले आफैलाई समस्यामा पार्न सक्छ । आफन्त, साथीभाइ, परिवारको बारेमा पोष्ट नगर्नुहोस् त्यसले तपाईँको गोप्य सूचनाहरू पनि बाहिरिने सम्भावना हुन्छ ।

चिन्दै नचिनेकोलाई साथी नबनाउनुहोस् :
साथी धेरै बनाउने भन्दैमा चिन्दै नचिनेको मानिसलाई साथी एड नगर्नुहोस् । फेसबुकमा आफ्ना व्यक्तिगत कुराहरू पोष्ट गर्नुपर्ने भएकाले नचिनेको मानिसलाई आफ्नो बारे जानकारी दिनु र आफ्नो पहुँचमा राख्नु राम्रो होइन ।

आफ्नो ठेगाना विस्तृतरुपमा राख्ने :
आफ्नो घरको ठेगाना, अफिसमा बिताउने समय लगायतका कुरा फेसबूकमा पोस्ट गर्नुहुँदैन । तपाईँमाथि निगरानी गर्नेले त्यो खोजिरहेका हुन्छन् ।

आफ्नो सम्पत्ति देखाउने :
यदि तपाईँले नयाँ कार किन्नुभयो, लटरी जित्नुभयो वा हालसालै ठुलो लगानी गरिरहनुभएको छ भने त्यसलाई फेसबुकमा पोष्ट गरेर जोखिम बढाउने काम नगर्नुहोला । पैसा जति नै कमाउनु हुन्छ गोप्य नै राख्नुहोस् । त्यस्ता कुरा फेसबुकमा पोस्ट गर्दा हुने नराम्रो समस्या निम्त्याउन सक्छ ।

सन्तानको बारेमा विस्तृतरुपमा पोष्ट नगर्नुहोस्
यदि आफ्ना सन्तानको बारेमा फोटोदेखि लिएर स्कुल अन्य सम्पूर्ण विवरण फेसबुकमा सेयर नगर्नुहोस् । आफ्ना सन्तानको तस्बिर सकेसम्म कमै शेयर गर्नुहोस् । परिवारको फोटो राख्दा विस्तृत विवरण दिनु राम्रो होइन । बच्चाले खाने खानाको बारेमा पनि पोस्ट नगर्नुहोस् ।

फेसबुकमा कसैको बारे नकारात्मक स्टाटस नलेख्नुहोस् र म्यासेन्जरमा कसैलाई गाली नगर्नुहोस् :
यदि कसैसँग डिस्कस परेको छ र उ देखेर रिस उठिरहेको छ भने फेसबुकमा उस प्रतिको नकारात्मक स्टाटस नलेख्नुहोस् र म्यासेन्जरबाट गाली गलौच पनि नगर्नुहोस् । म्यासेनजरमा अश्लील शब्दहरूको प्रयोग नगर्नुहोस् । तपाईँका गालीलाई स्क्रिन सट गरेर कसैले पछि तपाईँ विरुद्ध त्यसलाई उपयोग गर्न सक्छ । समस्यामा पर्न सक्छ ।

नशालु पदार्थ सेवन गरेको बेला पनि स्टाटस अथवा कुनै पनि पोष्ट नगर्नुहोस् :
फेसबुक चलाउँदा कुनै पनि नशालु पदार्थ सेवन नगर्नुहोस् । अथवा नशालु पदार्थ सेवन गरेपछि फेसबुक नचलाउनुहोस् । नशाको सुरमा जथाभाबी कुरा पोस्ट हुन सक्छ । फेसबुक वा अन्य सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने व्यक्तिगत विवरण पनि पोष्ट हुन सक्छन् ।

प्रतिक्रिया