रामचन्द्रको प्रस्तावः ‘पुरानै प्रतिनिधि राखेर फागुनमै महाधिवशेन गरौँ’

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं प्रतिनिधि कायम गरेर १४ औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् ।

सुदूरपश्चिम कांग्रेसका नेता कार्य/कर्तासँगको भर्च्यूअल कार्यक्रममा भाग लिँदै वरिष्ठ नेता पौडेलले फागुन ७ मै महाधिवेशन गर्नका लागि विकल्प अघि सारेका हुन् ।

कांग्रेसको १४औं महाधिवेशन फागुन ७ गतेलाई तोकिएको छ । उनले फागुनमा महाधिवेशन नभए पार्टीमा सभापति शेरबहादुर देउवाको अराजकता बढ्ने पनि बताए । पौडेलले सभापति देउवा महाधिवेशन समयमै नगराउने मनसायमा रहेको भन्दै विभाग गठन, क्रियाशील सदस्यता, नवीकरण गर्दा आफू बलियो हुने भन्ने दाउ मात्रै हेरेको बताए ।

प्रतिक्रिया