दाेलखाका थपलियासहित विभिन्न जिल्लाका चार जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न तीन जिल्लाका चार जना मृत अवस्थामा फेला परेका छन् । दाेलखा, रूपन्देही, चितवन र दाङमा चार जना मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

दोलखा, शैलुङ गाउँपालिका-८ कोभिण्डे बस्ने ४३ वर्षीय खड्गबहादुर थपलिया शनिबार मृत अवस्थामा फेला परेका छन् । घरबाट कसैलाई नसोधी शुक्रबार हिँडेका उनकाे घरदेखि करिब ५ सय मिटर टाढा पाखखर्क भिरबाट लडेर मृत्यु भएको हाे ।

यस्तै रुपन्देही, तिलोत्तमा नगरपालिका-१४ स्थित तिनाउ नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी चितवन, भरतपुर महानगरपालिका-७ क्यान्सर अस्पतालस्थित नहरमा सोही अस्पतालका कर्मचारी बारा सिमरा घर भएका ३२ वर्षीय सुरेश मिश्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-८ पूर्वी सेवारस्थित बाटोमा सोही ठाउँ बस्ने ८२ वर्षीया जमुना देवी सुनार शनिबार मृत अवस्थामा फेला परेकी छन् । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया