भक्तपुरमा पनि बढ्न थाले कोरोना संक्रमित, उपत्यकामा कति थपिए आज ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

याेसँगै काठमाडाैं उपत्यकामा कुल संक्रमित संख्या १५ हजार ८४९ पुगेकाे छ । काठमाडाैंमा १३ हजार १४, भक्तपुरमा एक हजार ३५१ र ललितपुरमा एक हजार ४८४ कुल संक्रमित संख्या पुगेकाे छ ।

आज मात्रै देशभर १ हजार ३२५ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया