पेरिसडाँडामा मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल शुरु गरेको छ ।

गत २६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल शुरु गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जनसंगठनको कार्यालय पेरिसडाँडामा आइतबार (आज) सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय लिन सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । ।

विसं २०७५ जेठ ३ गतेको पार्टी एकतापछि नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेको हो ।

बैठकमा ९ जना नै सचिवालय सदस्यहरु उपस्थित छन् ।

प्रतिक्रिया