भोकाएकालाई भात र न्यानो कपडा

काठमाडौं । काठमाडौंको मिलिजुली फ्याम्लीले हिमालयन बृद्राश्रममा निशुल्क खाना खुवाउने तथा लत्ताकपडा वितरण अभियान सुरु भएको छ । लकडाउनका कारण दैनिक छाक टार्न नसक्नेहरुका लागि निशुल्क खाना तथा लत्ताकपडाको व्यवस्था मिलाइएको हो ।

कोही पनि भोको र नाङ्गो नरहोस् भन्ने मान्यता राखेर काठमाडौँका विभिन्न ठाउँमा निशुल्क खानाको प्रवन्ध गरिएको अभियानकर्मी राजन कँडेल बताए ।

‘लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय, वृदाश्रम तथा बिपन्न परिवारको पीडा र समस्यालाई आत्मसात गर्दै निशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको हो’, उनले भने ।

प्रतिक्रिया