पेरिसडाँडाबाट पक्राउ परिन् बालिका खड्का

काठमाडाैं । दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्का पक्राउ परेकी छिन् । पेरिसडाँडास्थित सत्तारूढ नेकपाकाे बैठक चलिरहेका बेला कार्यालयमा प्रवेश गर्न खाेजेपछि उनलाई नियन्त्रणमा लिइएकाे हाे ।

बैठक चलिरहेका बेला कार्यालयमा प्रवेश गर्न खाेजेपछि साढे ११ बजे पेरिसडाँडाबाट नियन्त्रणमा लिइएकाे महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । पहिले बैठकपछि भेट्ने भन्दै सम्झाइएकाे र नमानेपछि नियन्त्रणमा लिइएकाे उनकाे भनाइ छ ।

‘भित्र शिर्ष नेताहरूकाे बैठक चलिरहेका बेला उहाँ जबरजस्ती प्रवेश गर्न खाेज्नुभयाे, कारण साेध्दा भन्नुभएन । त्यसैले नियन्त्रणमा लिएका हाैँ,’ मकालु खबरसँगकाे फाेन सम्पर्कमा एसपी राठाैरले भने, ‘अहिले साेधपुछ गरिरहेका छाैँ, बैठक सकिएपछि साँझतिर छाेड्छाैँ ।’ उनलाई अहिले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएकाे छ ।

आइतबार ११ बजेदेखि पेरिसडाँडामा सुरु भएको नेकपाकाे सचिवालय बैठक जारी छ ।

बालिका खड्काकाे यसअघि खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग नाम जाेडिएकाे थियाे । उनले मुख्यमन्त्री राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया