बाँकेमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका- २१ निवासी ५९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भदौ २० गते स्वास्थ्यमा समस्या भएर भेरी अस्पताल भर्ना भएका उनको दुवैतिरको फोक्सोमा संक्रमण भएर मृत्यु भएको हो । उनकाे उपचारका क्रममा शनिबार बेलुकी साढे ११ बजे मृत्यु भएकाे हाे ।

उनलाई भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया