जिओ फोर्डको फोर्ड फेस्टिव अफर, यस्ता छन् तीन याेजना

काठमाडौं । जि.ओ. अटोमोबाइल्स प्रा.लि. (जिओ फोर्ड), नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेताले नेपालमा सबैभन्दा हर्ष उल्लासका साथ मनाइने चाडपर्व दशैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ ।

यस समय गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकाले धेरैजसो अटोमोबाईल्स ब्राण्डले यसै समयमा विभिन्न योजनाहरु ल्याउने गरेका छन् । यो वर्ष फोर्ड फेस्टिभ अफर अन्तर्गत ग्राहकहरुको सुविधालाई ध्यानमा राखी, ग्राहकहरुले उपलब्ध तीन अफरहरु मध्ये एउटा छनोट गर्न सक्नेछन् ।

साथै नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निः शुल्क बीमा जस्ता नियमित लाभहरु पनि लिन सक्छन् । गाडीको बुकिङ्गमा नगद छुट, सडक कर र बीमाको नियमित लाभहरु बाहेक ग्राहकले यी योजनाहरु मध्ये एउटा छनौट गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

याेजना एक अन्तर्गत स्क्रयाच कार्ड अन्तर्गत ग्राहकले बक्सबाट ३ वटा स्क्रयाच कार्ड छनौट गरी ४ लाख ५० हजारसम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क्रयाच कार्डमा ग्यारेण्टी मूल्य २५ हजार रहेको र बढीमा यो एक लाख ५० हजारसम्म हुनेछ । यो अफर अन्तर्गत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्नेछन् ।

त्यस्तै कम्पनीकाे दाेस्राे याेजना EMI हाेलिडे रहेकाे छ । यस याेजना अन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ । यो योजना माछापुछ्रे बैँक मार्फत् उपलब्ध हुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरि दिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्दछन् ।

यसैगरी तेस्राे याेजना स्थगित भुक्तानी (Deferred payment) अन्तर्गत ग्राहकले ३०% रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५०% को डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछन् । बाँकी २०% को लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ । यी ४ महिनामा ग्राहकले २०% लाई बराबर भाग लगाइ किस्तामा तिर्नु पर्नेछ । बाँकी रकम तिरी सकेपछि  बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकि ग्राहकले बैंकको किस्ता पहिले व्यहाेर्नुपर्ने छैन ।

यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्ट को भेरियन्टहरुमा उपलब्ध रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया