भारतमा ५४ लाख कट्यो कोरोना संक्रमण, पछिल्लाे २४ घण्टामा मात्रै ९२ हजार बढी संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या ५४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ९२ हजार ६०५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यहाँको केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै १ हजार १३३ जनाको मृत्यु भएको छ । त्यहाँ हाल १० लाख १० हजार ८२४ सक्रिय संक्रमित छन् भने ४३ लाख बढी निको भइसकेका छन् ।

प्रतिक्रिया