नेकपा सचिवालय बैठक पेरिसडाँडामा, यी हुन् एजेण्डा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पेरिसडाँडामा बस्दैछ । गत शुक्रबारै बस्ने भनिएको बैठक आजको लागि सारिएको हो ।

पार्टी एकताको २८ महीनापछि पेरिसडाँडामा बस्न लागेको यो पहिलो बैठक हो । बैठकमा भदौं २६ गते स्थायी समिति बैठकले गरेका निर्णयहरु कार्यान्वयनका विषयमा छलफल हुने भएको छ । यसैगरी मन्त्रिपरिषद पुनर्गठनको विषय, एमसीसी, संवैधानिक राजनीतिक नियुक्ति, पार्टी एकीकरणका बाँकी काम लगायतका विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।

पेरिसडाँडामा बैठक बस्ने तय भएपछि त्यहाँ आवश्यक स्वास्थ्य सुरक्षा अपनाइएको छ । सचिवालय बैठकका लागि पेरिसडाँडामा भौतिक दुरी कायम गरेर टेबुल, कुर्सी लगायत आवश्यक व्यवस्थापन मिलाइएको हो ।

प्रतिक्रिया