आईपीएल: चेन्नईसँग साविक विजेता मुम्बई पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० को पहिलो खेलमा साविक विजेता मुम्बईलाई पराजित गर्दै चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा चेन्नईले मुम्बईलाई ५ विकेटले पराजित गरेको हो ।

मुम्बई इण्डियन्सले दिएको १६३ रनको लक्ष्य पछाएको चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । चेन्नईका लागि अम्बाती रायडूले सर्बाधिक ७१ रन बनाए भने फाफ डुप्लेसीले ५५ रन बनाए । त्यस्तै साम कुरानले १८ र रविन्द्र जडेजाले १० रन बनाए ।यस अघि मुम्बई इण्डियनले चेन्नई सुपर किंग्सलाई १६३ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको हो । आइपिएल अन्तर्गत दोस्रो खेल आज दिल्ली क्यापिटल र किंग्स इलेभेन पंजावबीच हुँदैछ ।

प्रतिक्रिया