आज असोज ४ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज ०४ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–तृतीया,१० घडी २६ पला,बिहान ०९ बजेर ५८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–चित्रा,०० घडी ५५ पला,बिहान ०६ बजेर १३ मिनेट उप्रान्त स्वाती । योग–ऐन्द्र,२९ घडी १९ पला,बेलुकी ०५ बजेर ३५ मिनेट उप्रान्त वैधृति । करण–गर,बिहान ०९ बजेर ५८ मिनेट उप्रान्त वणिज,बेलुकी ०८ बजेर ४५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । दिनमान ३० घडी २३ पला ।

आजको बार बेला ।
बिहान ५ बजेर ५२ मिनेटसम्म उद्वेग बेला ।
बिहान ५ बजेर ५३ मिनेटदेखी बिहान ७ बजेर २३ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर २४ मिनेटदेखी बिहान ८ बजेर ५४ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ५५ मिनेटदेखी बिहान १० बजेर २५ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २६ मिनेटदेखी बिहान ११ बजेर ५६ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ५७ मिनेटदेखी दिउसो १ बजेर २७ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर २८ मिनेटदेखी दिउसो २ बजेर ५९ मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर ० मिनेटदेखी साझ ४ बजेर ३० मिनेटसम्म उद्वेग बेला ।
साझ ४ बजेर ३१ मिनेटदेखी बेलुकी ७ बजेर ३० मिनेटसम्म शुभ बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बेलुकी ४ बजेर २९ मिनेटदेखी बेलुकी ०६ बजेर ०० मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवनसाथीसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने यात्रामा क्रममा मनमोहक दृष्यहरु कैद गर्न सकिनेछ । पारिवार तथा आफन्तका साथ भेटघाट हुने तथा मिष्ठान्न भोजनमा साथ दिन कटाउन सकिनेछ । भौतिक सम्पती तथा मानव निर्मित बस्तुहरु हात लाग्नेछ । व्यापारमा थोरै समय दिदा पनि प्रशस्त नाँफा हुने योग रहेकोछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्नेछ । बिभिन्न स्रोत साधन जुट्नाले उद्योग तथा व्यापारमाबाट राम्रै फाईदा हुनेछ । प्रविधिको प्रयोग गरि आफुलाई समयसापेक्ष अपडेट राख्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य कमजोर रहनाले कामहरु थाति रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्नछ भने जिम्मेवारी बढ्नेछ । तरपनि प्रयत्न गर्र्दा विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विशेष सभा–समारोहमा सहभागी भई मिष्ठान्न भोजन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन लाभ लिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारबाट मनग्गे धन लाभ हुनेछ । विशेष गरि निर्माण सामाग्र,औषधी र दैनिक उपभोग्य सामानको व्यापारमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । चुनौतीका बाबजुद नसोचेको काम सम्पादन गर्न सकिनेछ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । आमाको धन सम्पती प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा दाजुभाईबाट विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने माया प्रेममा नजिक हुन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने सकिनेछ । निर्माण सामाग्री तथा दैनिक उपभोग्य उद्योग र व्यापारबाट विशेष फाइदा लिन सकिनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । राम्रा काम गरि नाम र दाम दुवै कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक तथा विलाशी बस्तु प्राप्तीको योग रहेकोछ । कुनै नयाँ ठाउँमा लगानीको वातावरण बनाउन सकिनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता बढ्नेछ । पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन तथा परिकार ग्रहण गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आजको प्रयास र व्यापारबाट दीर्घकालिन फाइदा हुनेछ । आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्नुहोला समय राम्रो रहेकोछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ भने नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ । सहयोगीहरूको साथ र सहयोगले राम्रा काम गर्न सकिनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन तथा अध्यापनमा रुचि बढेर जानेछ । व्यापार व्यावसायमा गरेको लगानि बाट भनेजस्तो आम्दानि हुनेछ । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । प्रेम प्रशङगमा दिन कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने यात्राको सम्भावना रहेको छ । विदेश लगानीबाट सञ्चालीत सस्थामा काम पाउने प्रशस्त सम्भावना रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक काम प्रभावित हुनेछ । अनावस्यक ठाउँमा खर्च बढ्ने तथा उपलब्धी बिहिन काममा समय बित्नेछ । अल्छि गर्नाले पढाइ लेखाइ प्रभावित हुने तथा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक विवाद हुन सक्छ । व्यापार व्यावसायमा लगानि गर्दै हुनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनीति अपनाउनु होला । माया प्रेममा अविस्वास सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइ तथा आफन्तसँग भेटघाट हुने योग रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ । स्वास्थ्य सबल रहने हुनाले तपाईँबाट राम्रा हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्तको सहयोग नपाईनाले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्या आई कमजोर भएको अनुभूति हुनेछ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा मन्दि आउनेछ । छोटो दुरिको धार्मिक यात्रा हुने भएपनि बाटोमा दुःख हुन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ ज्ञान सिक्ने अवसर जुर्नेछ भने खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात पर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । उद्योग धन्दामा सफलता प्राप्त हुनेछ भने आर्थिक समस्या समाधान भएर जानेछ । ऋण, रोग तथा शत्रुबाट छुटकरा मिल्ने समय रहेकोछ भने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया