चितवनमा १५१९ जना सङ्क्रमित, १ प्रतिशतको मात्र मृत्यु 

चितवन ।  कोरोना भाइरसबाट हालसम्म १ हजार ५ सय भन्दा बढी सङ्क्रमित भएका छन् । भरतपुर अस्पतालले शनिवार सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरसबाट जिल्लामा १ हजार ५१९ जना सङ्क्रमित भएको उल्लेख छ ।

जिल्लाको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा कुल २२ हजार ५ सय वटा नमुना परीक्षण गरिएको थियो । जसमा सो सङ्ख्यामा सङ्क्रमित भएका हुन ।

हालसम्म ४ सय ९० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने १ हजार १२ जनामा कोरोना भाइरस सक्रिय रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

जिल्लामा कोरोना भाइरसका कारण शनिवार सम्म १७ जनाले ज्यान गुमाएका छन् । तथ्याङ्क अनुसार जिल्लामा कोरोना भाइरसका कारण १ प्रतिशतको मात्र मृत्यु भएको छ ।  ६७ प्रतिशत बिरामी सक्रिय अवस्थामा रहँदा ३२ प्रतिशत सङ्क्रमित सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् ।

सङ्क्रमित मध्य भरतपुर महानगरपालिकाका धेरै छन् । भरतपुरका ९९२ जनामा सङ्क्रमण देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

उच्च सङ्क्रमितको दोस्रो नम्बरमा रत्ननगर नगरपालिका छ । रत्ननगरमा १८९ जना सङ्क्रमित छन् ।

त्यस्तै राप्ती नगरपालिकामा १२५ जना,खैरहनी नगरपालिकामा ९० जना,कालिका र माडी नगरपालिकामा ५५र५५ जना र इच्छाकामना गाउँपालिकामा १३ जना सङ्क्रमित रहेको सूचना अधिकारी पौडेलले बताए ।

मृत्यु हुनेहरूमा १० जना भरतपुर महानगरपालिकाका, ३ जना रत्ननगर नगरपालिका र २/२ जना खैरहनी र राप्ती नगरपालिकाका छन् ।

भरतपुर अस्पतालमाबाट नमुना लिएका मध्य ३११ जनामा सङ्क्रमण देखिएकोमा २४९जना सङ्क्रमण मुक्त भइसकेका छन् भने ४९ जना बिरामी सक्रिय अवस्थामा छन् ।

प्रतिक्रिया