करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु 

चितवन ।  चितवनको भरतपुरमा करेन्ट लागेर शनिवार  एक जनाको मृत्यु भएको छ । कपडा सुकाउने क्रममा भरतपुर ३ स्थित एक ब्लक उद्योगमा कार्यरत कामदारको मृत्यु भएको हो ।

त्रिशक्ति कङ्क्रिट एड ब्लक कम्पनी भित्र कपडा सुकाउने तारमा कपडा सुकाउने क्रममा पाल्पा मायागडी गाउँपालिका ८ घर भई सोही कम्पनीमा कार्यरत वर्ष २७ का प्रेम रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

करेन्ट लागेर गंभिर घाइते भएका उनको उपचारका क्रममा अपराह्न १६ः१८ बजेको समयमा मृत्यु भएको हो ।

प्रतिक्रिया