विराटनगरमा पनि निस्क्यो ‘प्रतिगामी संविधान’ अंकित ब्यानर (फोटो फिचर)

विराटनगर । प्रदेश नं. १ को विराटनगरमा पनि आजको दिन (संविधान दिवस)को विरोध गर्दै कालो दिनको रुपमा मनाइएको छ ।

समाजवादी पार्टी नेपाल, मोरङको आयोजनामा न्याय र सुशासनको विषयमा राज्यको जवाफदेहिता हुनुपर्ने, स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्नेलगायतका माग राख्दै विरोध गरी कालो दिनको रुपमा मनाइएको हो ।

विराटनगरस्थित संसारी माईस्थानबाट सुरु गरिएको विरोध¥याली विप्लटमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै महिला नेतृ कुन्ता राईले महामारीको विसम् परिस्थितिमा पनि अल्पसंख्यकमा रहेका मधेसी, आदवासीहरुको मागका लागि सडकबाट खबरदारी गर्नुपर्ने अवस्था रहेको बताइन् ।

उनले कोणसभामा बोल्दै भनिन्,‘दुई तिहाईको सरकारले विभेदकारी संविधान जारी गरिरहँदा, कोही हर्षका साथ संविधान दिवस मनाई रहँदा हामी आजकै दिन कालो दिन भनेर सडकमा उत्रिरहँदा यो जारी रहेको संविधान कति विभेदकारी रहेछ तपाईँहरु आफै मनन गर्नुहोस् ।’

त्यस्तै आज (शनिवार) नै साझा पार्टी मोरङले हाम्रो संविधान हाम्रो गौरव भन्दै संविधानको समर्थन गर्दै प्रदर्शन गरेका छन् ।

संविधान दिवस मनाउँदै देशमा भएका वेथिति, विसंगती विरुद्धको आवाज उठाउँदै प्रदर्शन गरिएको साझा पार्टीका मोरङ अध्यक्ष अम्लेस कर्णले बताए । उनी कृषि प्रधान देशमा मलका लागि कृषक रोडमा, शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ लगायतका प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शनी गरेको थिए ।

यता प्रदेश नं. २ मा पनि आजको दिनलाई कालो दिनको रुपमा मनाउने र संविधान दिवस मनाउने बेला भइनसकेको तर्क मुख्यमन्त्री लालबाबु राउतले गरिरहँदा प्रदेश नं. १ को विराटनगरमा पनि कालो दिनकै रुपमा मनाइएको हो ।

विशेषगरी मधेश केन्द्रित दलसँगै आदिवासी जनजातिलगायतले आफ्नो अधिकार सुनिश्चित गर्न संविधान संशोधन हुनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया