अवैध लागूऔषध चरेससहित एक जना पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१२ इन्द्रचोकबाट २ केजी अवैध लागू औषध चरेससहित सोही ठाउँ बस्ने मकवानपुर थाहा नगरपालिका–७ घर भएका २३ वर्षीय सुनिन्द्र स्याङताङलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्याङताङले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त परिमाणको चरेस फेला परेको हो ।

स्याङताङ उपर लागू औषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ ।

प्रतिक्रिया