कोरोनाका कारण थप ११ जना बिते, बित्नेको संख्या ४ सय उँभो [विवरणसहित]

काठमाडौं । काठमाडौंमा एक जनासहित नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण बित्नेको संख्या ४ सय १ पुगेको छ ।

शनिबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार नेपालमा १ हजार २ सय ४ जनामा जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा १ हजार ४ सय ४७ जना डिस्चार्ज भएका छन् ।

प्रवक्ता गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४ जनासहित देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ४५ हजार २ सय ६७ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया