डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ ।

जुम्लामा १९औं सत्याग्रह बसेका डा. केसीको माग पूरा गर्नुपर्ने माग गर्दै काठमाडौंमा शनिबार (आज) प्रदर्शन भएको हो ।

उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्नेलगायतका माग राखेर सत्याग्रहमा बसेका छन् ।

‘डा. केसीका माग पूरा गर’, ‘डा. केसीको जीवन रक्षा गर’लगायतका नारा लेखिएको प्लेकार्डसहित युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

डा. केसी कोरोनाभाइरसको ‘पीसीआर’ परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चितता हुनुपर्नेलगायतका माग राखेर गत २९ भदौदेखि अनशनरत छन् ।

प्रतिक्रिया