धनुषा : दुई दिनमा दुई संक्रमितको मृत्यु

• पप्पु यादव

धनुषा । कोरोना संक्रमणबाट धनुषामा दुई दिनयता थप दुई जनाको मृत्यु भएको छ ।

बटेश्वर गाउँपालिका—५ का ७० वर्षीय पुरुषको गत असोज १ गते राति र २ गते सबैला नगरपालिका—३ का ६८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

पेटमा आन्द्राको समस्याका साथै मधुमेहबाट ग्रसित बटेश्वरका पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गत भदौ २३ गते प्रादेशिक अस्पताल जनकपुरको आईसीयूमा भर्ना गरिएको थियो ।

उनको त्यहीँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । त्यस्तै मृतक सबैलाका पुरुष समेत दम र मधुमेहका दीर्घरोगी थिए ।

श्वासप्रश्वाँसमा समस्या देखिएपछि गएको भदौ २७ गते उनी प्रादेशिक अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरी परिक्षण गर्दा असोज १ गते कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसलतगै उनलाई आईसीयूमा राखी उपचार भैरहेकोमा शुक्रबार दिउँसो करिब ३ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश मिश्रले जानकारी दिए ।

प्रतिक्रिया