सरकारसँग कांग्रेसको माग : ‘डा. केसीसँग सम्वाद गरौँ’
२०७७ असोज ३ गते

नेकाका प्रवक्ता शर्मा। फाइल फोटो।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीसँग सम्वाद गर्न सरकारसँग माग गरेको छ ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगत देखिनै सत्याग्रहमा सरिक अभियन्ता डा. केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले सम्वादको कुनै पहल नगरेको विषयलाई गम्भीरतापूर्वक लिएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानदेखि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान सम्मको माग अघि सारेर अनशनरत डा. केसीसँग सम्वाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउँदै जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न प्रवक्ता शर्माले सुझाएका छन् ।
डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनशन बस्दै आएका छन् ।
२०७७ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित









