‘संविधान दिवस मनाउने समय भएको छैन’

काठमाडौं । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस मनाउने बेला आइनसकेको बताएका छन् ।

संविधान दिवस मनाउने सन्दर्भमा राखिएको जिज्ञासामा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।

‘संविधान दिवस मनाउने बेला आइसकेको छैन । जबसम्म संविधानले सबैको अपनत्वभाव समेट्दैन । त्योबेलासम्म संविधान विदस मनाउनुको कुनै अर्थ रहँदैन ।’ उनले भनेका छन् ।

सरकारले धुमधामका साथ ५औं संविधान दिवस मनाइरहँदा प्रदेश नं. २ मा भने सुनसानप्रायः छ ।

विशेषगरी मधेश केन्द्रित दलसँगै, आदिवासी जनजातिलगायतले आजको दिनलाई कालो दिनका रुपमा मनाउँदै आएका छन् ।

प्रतिक्रिया