आइपीएल आजदेखिः उद्घाटन म्याचमा मुम्बई र चेन्नई खेल्दै

काठमाडौं । यस बर्षको इण्डियन प्रिमियर लिग (आइपीएल) आजदेखि हुँदैछ । कोरोना माहामारीका कारण यस बर्ष युएईमा हुन लागेको आइपीएल कडा स्वास्थ्य प्रोटोकलका बीच हुन लागेको हो ।

आज हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुनेछ । आइपिएलको इतिहासमा सबैभन्दा बढी फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो खेल रोचक नै हुने अनुमान गर्न सकिन्छ ।

यस खेललाई महेन्द्र सिंह धोनी भर्सेज रोहित शर्माको रुपमा पनि लिइएको छ । आईपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो संस्कण खेल्दै छन् । सन्दीपआवद्ध दिल्लीको पहिलो खेल भोलि किंग्स इलावेन पञ्जाविरुद्ध छ ।

प्रतिक्रिया