प्रचण्डको सन्देश- ‘राष्ट्रको एकता र जनताको आकाङ्क्षा पूर्ति गर्न अगाडि बढ्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा जनताको अपेक्षाअनुसार अझ व्यापक रुपमा विकास परियोजना अघि बढ्ने बताएका छन् । पाँचौं संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले सबै एक भएर राष्ट्रको एकता र जनताको आकाङ्क्षा पूर्ति गर्न अगाडि बढ्नुपर्ने बताएका छन् ।

‘संविधान बनाउनका निम्ति त्याग, तपस्या र बलिदानका कीर्तिमान कायम गर्ने ती हजारौं शहिद, हजारौं बेपत्ता युद्दाहरु र घाइतेरअपाङ्ग हजारौं क्रान्तिकारीहरु र नेपाली जनताका असल छोराछोरीहरु सबैप्रति म श्रद्धाञ्जली एवम् सम्मान व्यक्त गर्न चाहन्छु र उनीहरु सबैका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु,’ उनले सन्देशमा भनेका छन् ।

सबै नेपालीमा एकताको, शान्ति र समृद्धिको एउटा नयाँ संकल्प लिने दिनको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैँमा पनि एउटा ऐतिहासिक महत्वपूर्ण राजनीतिक परिघटना भएको बताए ।

हेर्नुहोस् भिडियो :- 

https://www.facebook.com/prachanda.nepal/videos/779950796072724/

 

प्रतिक्रिया