जनकपुर आइपुग्यो नेपाली रेल, हेर्नेको भीड [भिडियोसहित]

• पप्पु यादव

जनकपुर । जनकपुर–जयनगर रेल जनकपुरधाम आइपुगेको छ । भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुईसेट रेल जनकपुरधाम आइपुगेको हो ।

पहिलो चरणमा जनकपुर–जयनगर रटमा सञ्चालनको लागि उक्त दुईसेट रेल निर्माण कम्पनीले रेल विभाग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई हस्तान्तरण गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा निर्माण कम्पनीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेको छ ।

पहिलो चरणमा जनकपुर–जयनगर रटमा सञ्चालनको लागि उक्त दुईसेट रेल निर्माण कम्पनीले रेल विभाग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई हस्तान्तरण गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रमा कोकन रेल्वे अर्पोरेशन लिमिटेडका मेक्यानिकल चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई दुबै रेल सेट हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीको जोखिम कम भए जनकपुर जयनगर कुर्था रेल सेवा अगामी दशैंसम्ममा संचालन गर्ने तयारी रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले बताए । जनशक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएकोले चाँडै रेल संचालन हुने उनको भनाई थियो ।

नेपाल सरकार मन्त्री परिषद्को ४ चैत २०७५ को निर्णय अनुसार जयनगरदेखि बर्दिबासम्म सञ्चालन गर्न दुईसेट रेल खरिद गर्ने गरि रेल विभागले भारतीय कोकन रेल्वे कर्पोरेशनसंग सम्झौता गरेको थियो ।

भ्याटसहित ८३ करोड ९३ लाख ६० हजारमा दुईसेट रेल खरिद गरेको विभागले जनाएको छ । एकपटकमा १३ सय यात्री बोक्ने क्षमता रहेको एउटा रेल सेट प्रतिघण्टा १ सय १० किलोमिटर यात्रा तय गर्ने छ ।

रेल सञ्चालन लगतै व्यापार व्यवसाय फस्टाउने तथा भारत आवतजावत सहज हुने भएकाले स्थानीय हर्षित भएका छन् ।

भिडिओ हेर्नुस्ः

https://www.facebook.com/makalukhabar/videos/245289836820581/?v=245289836820581

प्रतिक्रिया